Ipo.aspx merolagani - यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jul 03, 2026 07:08 AM Merolagani

असार १९ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स (UAIL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले इन्स्योरेन्सको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४६३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले असार ३१ गते, बुधबार बिहान १०ः३० बजे आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रा.लि., बालुवाटार, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाको विशेष प्रस्ताव अन्तर्गत शेयरधनीहरूका लागि लाभांश वितरणको मुख्य प्रस्ताव पेश गरिनेछ। इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर जारी गर्ने र सोको कर प्रयोजनार्थ ०.२२५६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, उक्त साधारण सभामा आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गरिनेछ।

 
comments powered by Disqus