Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Jul 14, 2026 10:52 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९८ अंक घटेर २५६९.२० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५२ स्टकको ६० पटकको कारोबारमा ७ लाख ८३ हजार ५०५ रुपैयाँ ७० पैसाबराबरको १ हजार १८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।