Ipo.aspx merolagani - नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द

Jul 15, 2026 05:48 PM Merolagani

नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको छ। राष्ट्र बैंकले असार ३१ गते एक सूचना जारी गर्दै उक्त कम्पनीको अनुमतिपत्र खारेज भएको व्यहोरा सम्बन्धित सबैका लागि प्रकाशन गरेको हो

यसअघि बैंकबाट उक्त संस्थालाई २०७७ साल फागुन १८ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो। भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ को उपदफा (६) को व्यवस्थाबमोजिम सो अनुमतिपत्र स्वतः रद्द भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको सो संस्थासँग कुनै पनि किसिमको लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क राख्न समेत राष्ट्र बैंकले यसै सूचनाद्वारा अनुरोध गरेको छ

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।