Ipo.aspx merolagani - मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता हुँदै

मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता हुँदै

Jul 17, 2026 11:19 AM Merolagani

लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा गृहमन्त्री र पीडित पक्षका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिई औपचारिकता प्रदान गर्न दुवै पक्ष निर्णायक वार्तामा जुटेका हुन्।

सहमतिलाई अन्तिम रूप दिन अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको वार्ता भइरहेको छ।

हिजो प्रधानमन्त्री कार्यालयमा दुवै पक्षबीच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र त्यसअघि सिमरामा भएको समझदारीलाई आधार मानेर आज अन्तिम सम्झौता पत्र तयार पारिएको हो।
आजको वार्तामा सहमति जुटेसँगै दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन् । जसले मिटरब्याज पीडितका मागहरू सम्बोधन गर्ने र आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउने अपेक्षा गरिएको छ। सम्झौतामा पीडितका समस्या समाधानका लागि गठन गरिने संयन्त्र, कानुनी जटिलताको गाँठो फुकाउने उपाय र अन्य प्राविधिक विषयहरू समेटिने बुझिएको छ।

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।