Ipo.aspx merolagani - सन नेपाल लाइफका सीइओ काममा फर्किए

सन नेपाल लाइफका सीइओ काममा फर्किए

Aug 07, 2026 12:50 PM Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल चार महिनापछि काममा फर्किएका छन्।

कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत १६ गते अर्याललाई पक्राउ गरेको थियो। उनी गत चैत २६ गते नै रिहा भएका थिए। त्यतिखेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अर्याललाई हिरासतमा राख्नका लागि दोस्रो पटक म्याद थप गर्न अस्वीकार गरेको थियो।

बिहीबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अर्याल पूर्ववत् काममा फर्किएको कम्पनीले जनाएको छ। सीआईबीले मुद्दा चलाउनका लागि अनुसन्धान प्रतिवेदन नै नबुझाएपछि अर्याल काममा फर्किएका हुन्।

comments powered by Disqus

नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।