Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारि वृद्धि

सुनचाँदीको मूल्यमा भारि वृद्धि

Aug 09, 2026 11:27 AM Merolagani

साउन २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।