Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब साढे ११ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे ११ अंक घट्यो नेप्से

Aug 11, 2026 10:52 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ९.०२ अंक घटेर २६४१.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.२७ अंक घटेर २६२९.७८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको १२४ पटकको कारोबारमा ३४ लाख ७६ हजार ५४८ रुपैयाँबराबरको ४ हजार ९९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ५० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।