Ipo.aspx merolagani - बरुण हाइड्रोपावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

बरुण हाइड्रोपावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

Aug 12, 2026 01:51 PM Merolagani

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १२.५९ प्रतिशत बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.३८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १८.५२ प्रतिशत घटेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६२ पैसा घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको कारण कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४७.५८ गुणा रहेको छ।

१ अर्ब १२ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५ करोड ५१ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।