Ipo.aspx merolagani - भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

Aug 30, 2026 07:17 AM RSS

रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोलाहुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीबाट ठूलो मानवीय र भौतिक  क्षति भएको थियो ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।