Ipo.aspx merolagani - बाढीपहिरो उद्धारमा भारतको अर्को सहयोग, सुरुङ खोजीदेखि शव पहिचानसम्म विशेषज्ञ टोली परिचालन

बाढीपहिरो उद्धारमा भारतको अर्को सहयोग, सुरुङ खोजीदेखि शव पहिचानसम्म विशेषज्ञ टोली परिचालन

Aug 30, 2026 10:28 AM Merolagani

नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला भारतले उद्धार तथा राहत अभियानमा थप सहयोग अघि बढाएको छ।

भारतले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ अर्थात् सुरुङ प्राविधिक दस्ता नेपाल पठाएको छ।

भारतका विदेशमन्त्री एस। जयशंकरका अनुसार टोलीसँग सुरुङभित्र फसेका तथा बेपत्ता व्यक्तिको खोजी गर्न आवश्यक अत्याधुनिक उपकरणहरू रहेका छन्।

यस्तै, बाढीपछि ठूलो संख्यामा शव फेला परिरहेका र धेरैको पहिचान हुन बाँकी रहेको अवस्थामा भारतले डीएनए विश्लेषण तथा फोरेन्सिक विशेषज्ञको टोली समेत नेपाल पठाएको छ। यो टोलीले फेला परेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, बाढी र पहिरोका कारण राजमार्गका पुलहरू क्षतिग्रस्त भएर यातायात प्रभावित भइरहेका बेला भारतले अस्थायी पुल निर्माणका लागि पनि सहयोग उपलब्ध गराएको छ।

भारतबाट २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्।

यस्तै, थप ७ वटा बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरणहरू पनि चाँडै नेपाल पठाउने तयारी भइरहेको बताइएको छ।

उद्धार, शव पहिचान र अवरुद्ध सडक सञ्चालनमा भारतको यो सहयोगले विपद्पछिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।