Ipo.aspx merolagani - बेनी हाइड्रोपावरको साधारण शेयरमा ३० गुणाभन्दा बढी आवेदन

बेनी हाइड्रोपावरको साधारण शेयरमा ३० गुणाभन्दा बढी आवेदन

Sep 11, 2026 06:04 PM Merolagani

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयरमा उल्लेख्य आवेदन परेको छ। 

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको प्राथमिक शेयरमा २३ लाख ६१ हजार १२४ जना आवेदकले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि निष्कासन गरिएको ८ लाख ६३ हजार २०० कित्ताको तुलनामा ३०.५५ गुणा बढी हो।

कम्पनीले भदौ २२ गतेदेखि खुला गरेको शेयर आवेदनको अन्तिम दिन भदौ २६ गतेसम्म कूल २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको रकम सङ्कलन भएको छ। मागभन्दा निकै बढी आवेदन परेकाले कम्पनीको शेयर गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ।

comments powered by Disqus

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।