Ipo.aspx merolagani - सुनचाँदीको मूल्य घट्ने क्रम जारी

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Sep 29, 2026 10:53 AM Merolagani

असोज १३ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ११५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घटिरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

 
comments powered by Disqus

आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।