Ipo.aspx merolagani - नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Oct 04, 2026 09:03 AM Merolagani

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै छन् ।

खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदै छ । महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसको महाधिवेशन उद्घाटनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन् ।

comments powered by Disqus

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।