Ipo.aspx merolagani - सामसुङले नेपालमा ल्यायो ग्यालेक्सी ए०८ एलटीई, मूल्य ३४ हजार ४९९ रुपैयाँदेखि

सामसुङले नेपालमा ल्यायो ग्यालेक्सी ए०८ एलटीई, मूल्य ३४ हजार ४९९ रुपैयाँदेखि

Oct 07, 2026 06:27 PM Merolagani

सामसुङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा सार्वजनिक गरेको छ। एआई सुविधा, ६ हजार एमएएच ब्याट्री र लामो सफ्टवेयर सपोर्टसहितको फोनको मूल्य ३४ हजार ४९९ रुपैयाँदेखि सुरु हुन्छ।

ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले र ८ मिलिमिटर पातलो बडी दिइएको छ। फोन डार्क ब्लु, सिल्भर र ग्रिन रंगमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार फोनमा ‘असम इन्टेलिजेन्स’ अन्तर्गतका एआई सुविधासमेत उपलब्ध छन्।

फोनमा ६ हजार एमएएच ब्याट्री र आईपी६४ रेटिङ रहेको छ। धुलो तथा पानीका छिटाबाट सुरक्षा प्रदान गर्ने फोनमा ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने सामसुङले जनाएको छ।

नेपाली बजारमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज मोडलको मूल्य ३४ हजार ४९९ रुपैयाँ, ४ जीबी र्याम तथा १२८ जीबी मोडलको ४० हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा १२८ जीबी मोडलको ४७ हजार ४९९ रुपैयाँ तोकिएको छ।

सामसुङले १२ महिनाको किस्ताबन्दी सुविधा पनि ल्याएको छ। जसअन्तर्गत आधारभूत मोडलका लागि मासिक १ हजार ७२५ रुपैयाँदेखि किस्ता तिर्न सकिनेछ। कम्पनीका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्नेछ।

 

comments powered by Disqus

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।