Ipo.aspx merolagani - रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

Oct 13, 2026 09:23 AM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारविरुद्ध सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपहरूबारे आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाएको छ।

रास्वपाले जारी गरेकाे विज्ञप्तिअनुसार सुनारमाथि उठेका प्रश्न र आरोपहरूको सत्यतथ्य अन्वेषण गर्न केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइएको छ।

सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूप्रति ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ।

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको बताउँदै रास्वपाले आफ्ना कुनै पनि सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोप, दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति रहेको स्पष्ट पारेको छ।

अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।

साथै, राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले उक्त अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ। 'कानुनभन्दा माथि कोही पनि हुँदैन' भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहँदै पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने र कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जो-कसैलाई राजनीतिक संरक्षण नदिइने कुरामा नागरिकलाई आश्वस्त पारेको छ।

comments powered by Disqus

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।