Ipo.aspx merolagani - चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको कडा निर्देशन

चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको कडा निर्देशन

Oct 14, 2026 08:33 AM Merolagani

नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को सार्वजनिक बिदाको समयमा हुनसक्ने साइबर फ्रड तथा स्क्याम (विद्युतीय ठगी) नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बिदाको समयमा हुनसक्ने विद्युतीय आर्थिक ठगीका घटना रोक्न र अनुसन्धान प्रक्रियालाई सहज बनाउन निर्देशन दिएको हो। बिदाको अवधिमा विद्युतीय माध्यमबाट हुनसक्ने आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन तथा शंकास्पद खाता र कारोबारको पहिचान गरी तत्काल रोक्का गर्न राष्ट्र बैंकले बैंकहरूलाई भनेको छ। यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा एक जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्नेछ।

उक्त सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा अनुगमन हुने ड्युटी इमेल ठेगानाका विवरणहरू नेपाल प्रहरी प्रधान कार्यालयको इमेलमा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ। चाडपर्वको लामो बिदामा बैंकहरू बन्द रहने र अनलाइन कारोबार बढ्ने भएकाले साइबर ठगीको जोखिमलाई मध्यनजर गर्दै प्रहरी अनुसन्धानलाई सहज र द्रुत बनाउन यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ।

comments powered by Disqus

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।