Ipo.aspx merolagani - राठी केबल्समा एनआरएन इन्फ्रास्ट्रक्चरको करिब १० करोड लगानी, उत्पादन विस्तारमा जोड

राठी केबल्समा एनआरएन इन्फ्रास्ट्रक्चरको करिब १० करोड लगानी, उत्पादन विस्तारमा जोड

Oct 15, 2026 01:18 PM Merolagani

उद्योग क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विराटनगरस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा करिब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राठी केबल्समा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

 

उत्पादनमूलक उद्योगमा पुँजी परिचालन गर्ने उद्देश्यसहित गरिएको यो लगानीले राठी केबल्सको व्यावसायिक विस्तार र उत्पादन क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विराटनगरको स्थापित औद्योगिक क्षेत्रसँग जोडिएको यस उद्योगमा एनआरएन इन्फ्रास्ट्रक्चरले लगानी गर्ने निर्णयलाई उत्पादनमूलक क्षेत्रमा निजी लगानी बढाउने प्रयासका रूपमा पनि हेर्न सकिन्छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले केबल उद्योगमा मात्रै नभई जलविद्युत् क्षेत्रमा समेत लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीले ६३ मेगावाट क्षमताको छजङ खोला जलविद्युत् आयोजना र ९० मेगावाट क्षमताको दूधकोशी–२ जलविद्युत् आयोजनामा पनि लगानी गर्ने भएको छ।

कम्पनीले दूधकोशी–२ जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँ र छजङ खोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। यी दुई जलविद्युत् आयोजना र राठी केबल्समा प्रस्तावित लगानीले ऊर्जा तथा औद्योगिक क्षेत्रमा कम्पनीको लगानी विस्तार गर्ने रणनीति देखाउँछ।

comments powered by Disqus

माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।