Ipo.aspx merolagani - राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङ्गले लिए शपथ

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङ्गले लिए शपथ

May 06, 2018 Merolagani

राष्ट्रिय वाणिज्य बैंक(RBB) सञ्चालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले आईतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

अध्यक्ष गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अध्यक्ष महेन्द्रमान गुरुङ्ग नेपाल सरकार सञ्चार मन्त्रालयका सचिव रहेका छन् ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

comments powered by Disqus