Ipo.aspx merolagani - विद्युत महशुल दर परिमार्जन नगरे नेपालको आर्थिक क्षेत्र धराशायि बन्ने व्यवसायीको चेतावनी

विद्युत महशुल दर परिमार्जन नगरे नेपालको आर्थिक क्षेत्र धराशायि बन्ने व्यवसायीको चेतावनी

May 07, 2019 Merolagani

नेपाल विद्युत प्रधिकरणले जारी गरेको विद्युत महशुल दररेट सम्बन्धी निजी व्यवसायिहरुले आपत्ति जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त पत्रकार सम्मेलन गरी विद्युत महशुलदर प्रति आपत्ति जनाउदै मुलुकको अर्थतन्त्र समेत धराशायी बन्न सक्ने भन्दै चेतावनी दिएका हुन् ।

प्रधिकरणले डेडिकेडेट लाईन र ट्रंक लाईनबाट विद्युत सेवा लिने औद्योगिक व्यापारीक, पर्टटकीय होटल व्यवसायहरुलाई मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी वुझाउन प्रधिकरणले पत्रचार गरेपछि व्यवसायिहरुले अपत्ति जनाएका हुन् ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विद्युत महशुलदरले व्यवसायिहरुलाई अन्याय भएको बताईन् । विविध करणले निजी व्यवसाय धराशाय बन्दै गईरहेको अवस्थामा विद्युत महशुल दरले नेपालको आर्थिक क्षेत्रमा थप चुनौति थपिएको उनको भनाई छ ।

२०७३ साल देखिको विद्युत महशुल एकैपटक तिर्दा व्यवसायिहरुले व्यवसाय बन्द गर्नुपर्ने  अवस्था आउने उनको भनाई छ ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मौरले पुरानो विललाई ताकेता नगर्न विद्युत प्रधिकरण आग्रह गरे । यस विषयमा उर्जा मन्त्रालय र विद्युत प्रधिकरणसंग बराम्बार छलफल गरेपनि निकर्षमा पुग्न नसके पछि पत्र्रकार सम्मेलन गर्नु परेको उनको भनाई छ ।

सरकारले लगानी सम्मेलन सफलता पुर्वक सम्मन गरि सकेको अवस्थामा नेपाललाई उद्योगमत्री वातावरण वनाउन आवश्यक रहेको चेम्र्वस अफ कर्मशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको भनाई छ । विद्युत महशुल दरले व्यवसायिहरुमा थप व्ययभार पर्ने उनले बताए ।

विद्युत महशुल विनियमावली अनुसार डेडिकेटेड फिडर सरहको कुनैपनि माग सम्झौता नगरी अन्य गैर औद्योगिक ग्राहक सरह लोडसेडिङ्गको समयमा उद्योग बन्द गरी बसेका उद्योगिहरुलाई मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी शुल्कमा विलिङ्ग गर्ने भन्ने त्रुटि रहेको व्यवसायिहरुको भनाई छ ।

एकातर्फि रुपमा ३/४ वर्ष अगाडीको थप अतिरिक्त शुल्क भुक्तानी गर्न प्रधिकरणले पत्र काट्न थालेपछि लगानीकर्ताहरु आत्तिएका हुन् । ठुलो धनराशी राष्ट्रलाई राजश्वको रुपमा योगदान गर्दै आइरहेको निजी क्षेत्रलाई थप महशुल लगाउन उपयुक्ता नभएको उनीहरुको भनाई छ । यस्तो विद्युत महशुल खारेज गर्न उनीहरुले माग गरेका छन् ।

 

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।