Ipo.aspx merolagani - केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको सपथ ग्रहण

केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको सपथ ग्रहण

Feb 17, 2020 08:13 AM Merolagani

आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिएका छन्।

दिल्लीको रामलीला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिएका हुन्। उनलाई दिल्लीका उपराज्यपाल अनिल बैजलले सपथ ग्रहण गराएको हो।

आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेको तर उनी आफ्नो व्यस्तताका कारण उपस्थित हुन नसकेको बताएका थिए। प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका थिए।

शपथ ग्रहणमा अन्य राज्यका मुख्यमन्त्रीलाई भने निम्ता नपठाइएको आपले जनाएको छ। सभामा दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरू, भारतीय जनता पार्टी (भाजपा) र भारतीय काँङ्ग्रेसका प्रदेश अध्यक्षलाई आमन्त्रण गरिएको थियो।

केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन मुख्यमन्त्रीले अपिल गरेअनुसार समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए। सपथ ग्रहणसँगै मुख्यमन्त्री केजरीवालले आफ्ना मतदाता तथा शुभेच्छुक सबैलाई सम्बोधन गरेका थिए। उनले आफूलाई फेरि एकपटक जिम्मेवारी दिएको भन्दै दिल्लीवासीलाई धन्यवाद ज्ञापन गरेका थिए।

यसैबीच, प्रतिपक्षी नेताहरूले दिल्लीमा केही निःशुल्क सेवा उपलब्ध गराइएकोमा गरेको आलोचनाप्रति हल्का टिप्पणी गर्दै यो दिल्लीवासीलाई दिएको मायाको उपहार भएको बताएका थिए।

दिल्लीमा महिलालाई निःशुल्क बिजुली, पानी र बस सवारीबारे विपक्षीद्वारा उठाइएका प्रश्नप्रति उनले भने, ‘दिल्लीका नागरिकले आम आदमी पार्टी (आप) लाई गरेको प्रेमको बदलामा ती सुविधा दिइएको हो।’

उनले भने, ‘केही व्यक्ति भन्छन् कि केजरीवालले सबै चीज निःशुल्क दिइरहेछन्। प्रकृतिले विश्वका सबै बहुमूल्य चीजहरू निःशुल्क दिएको छ। आमाको प्रेम होस् वा बुबाको आशीर्वाद होस् अथवा श्रावणकुमारको समर्पण सबै निःशुल्क थिए। केजरीवालले आफ्ना नागरिकलाई माया गर्छन् त्यसैले केही सेवा निःशुल्क उपलब्ध गराइएको हो।’

फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजामा आपले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो। सन् २०१५ जस्तै काँग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन।

अरविन्द केजरीवालले सन् २०१३ मा काँग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए। त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो।

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।