Ipo.aspx merolagani - दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 22, 2024 09:37 AM Merolagani

फागुन १० गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोली (फागुन ११ गते) र स्वरोजगार लघुवित्तले फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (SPIL) ले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

त्यस्तै, स्वरोजगार लघुवित्त (SLBBL) ले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।