Ipo.aspx merolagani - कुनै पनि बेला लात्तीले हानेर निस्कन सक्छु : प्रधानमन्त्री प्रचण्ड

कुनै पनि बेला लात्तीले हानेर निस्कन सक्छु : प्रधानमन्त्री प्रचण्ड

Mar 04, 2024 03:50 PM Merolagani

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे लात्तीले हानेर निस्कने बताएका छन् । प्रधानमन्त्रीले साेमबार एक कार्यक्रममा बाेल्दै  प्रतिक्रियावादीहरूको लागि आफू विश्वासनीय हुनु नपर्ने समेत तर्क गरेका छन्।

C6#सोमबार मात्रै गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले भने, "मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय मान्छे प्रतिक्रियावादीहरुले भन्ने गर्छन्। धेरै नै अविश्वसनीय। भन्न नसक्ने कति बेला कता फड्किन्छ। बुझ्नै नसकिने मान्छे भन्छन्, तर, म त्यस्तो होइन।"

उनले थपे, "म नेपालका श्रमिक जनता, नेपालका महान् योद्धा, घाइते अपाङ्ग र राष्ट्रप्रति इमानदार छु म। त्यसका लागि म निरन्तर कायम छु। तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने पनि कुनैपनि बेला लात्तीले हानेर निस्कन सक्छु। त्यसकारण उनीहरूको लागि विश्वासनिय हुन पनि परेको छैन। त्यसैले आजको दिन नयाँ क्रमभंगको दिन बन्न पुगेको छ। त्यसैले एकताबद्ध हुनुको विकल्प छैन।"

comments powered by Disqus

बेलुकी ५ बजे तीन मन्त्रीहरूको शपथ गराइने, यी हुँदै छ्न् मन्त्री ?

Mar 04, 2024 01:12 PM

सत्ता गठबन्धन परिवर्तन भएपछि साेमबार नै सानो मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलका तीन जनालाई आजै शपथको तयारी गरिएको छ । तीन जनालाई नै बिना विभागीय मन्त्रीको रुपमा शपथ गराइने भएकाे  हाे ।