Ipo.aspx merolagani - लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा

Apr 11, 2024 08:42 AM Merolagani

प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले बैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

यसाे गरियाे भने नेप्से इण्डेक्स कनि कनि २ हजारको हाराहारीमा होइन, त्यसको दोब्बर, तेब्बर अंकमा पुग्नेछ

Apr 07, 2024 06:45 PM

बाबुराम ढकाल
एउटा स्कुलमा जानु पर्ने थियो, तोकिएको समयभन्दा अलि छिटो पुगेछु । यस्सो टहल्दै थिएँ, स्कुलको मेन ढोकाका गार्ड मोवाइलमा घोत्लिएको देखेपछि लाग्यो, उनले कुनै उटपट्याङ भिडिओ हेर्दै होलान वा फेसबुकमा च्याट गर्दै होलान् ।