Ipo.aspx merolagani - सुनको भाउमा एकपछि फेरि अर्काे नयाँ रेकर्ड, एकैदिन ताेलामा २ हजार ९०० रुपैयाँले बढ्यो

सुनको भाउमा एकपछि फेरि अर्काे नयाँ रेकर्ड, एकैदिन ताेलामा २ हजार ९०० रुपैयाँले बढ्यो

Apr 07, 2024 11:08 AM Merolagani

सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २५ गते आइतबार सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

अमेरिकी केन्द्रीय बैंक (फेड) ले कुनै पनि समय ब्याजदर घटाउन सक्ने भएकोले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो। फेडले अहिले महँगी नियन्त्रणमा आएकाले ब्याजदर कटौती गर्ने तयारी गरिरहेको छ। 

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो। अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन्।

सुनको भाउ अत्याधिक बढेपछि अहिले सुन कारोबार भने केहि घटेको व्यवसायीहरु बताउछन्। अहिले ग्राहकहरुले अत्यावश्यक बाहेकको सुन खरिद नगरेको र कतिपयले आफ्नै पुरानो सुन ल्याएर समेत नयाँ सुनका गरगहना बनाइरहेको व्यवसायीहरु बताउछन्।

comments powered by Disqus

यसाे गरियाे भने नेप्से इण्डेक्स कनि कनि २ हजारको हाराहारीमा होइन, त्यसको दोब्बर, तेब्बर अंकमा पुग्नेछ

Apr 07, 2024 06:45 PM

बाबुराम ढकाल
एउटा स्कुलमा जानु पर्ने थियो, तोकिएको समयभन्दा अलि छिटो पुगेछु । यस्सो टहल्दै थिएँ, स्कुलको मेन ढोकाका गार्ड मोवाइलमा घोत्लिएको देखेपछि लाग्यो, उनले कुनै उटपट्याङ भिडिओ हेर्दै होलान वा फेसबुकमा च्याट गर्दै होलान् ।