Ipo.aspx merolagani - डलरको भाउमा फेरी नयाँ रेकर्ड

डलरको भाउमा फेरी नयाँ रेकर्ड

Apr 17, 2024 07:21 AM Merolagani

बैशाख ५ गते, बुधबार, अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन अर्थात बैशाख ४ गते मंगलबार, सो समयसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको डलरको भाउले यस दिन सो रेकर्डलाई तोडेर अर्को रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंक अनुसार यस दिन डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। अर्थात अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्ने भएको छ।

मंगलबार डलरको भाउ १३३ रुपैयाँ ८३ पैसा थियो। बुधबार १३ पैसाले भाउ बढेको हो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिनप्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।