आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिन लागेकाे सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
सार्वजनिक विदाका कारण भाेलि शेयर बजार नखुल्ने भएकाे छ । यसका साथै सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था पनि मंगलबार बन्द हुने भएकाे छ ।