Ipo.aspx merolagani - खुद बीमाशुल्कसँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा

खुद बीमाशुल्कसँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा

May 03, 2024 09:55 AM Merolagani

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

 

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशत बढी हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १०२.२३ प्रतिशत बढेको छ भने कुल खर्च ९३.०९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ९६.२९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ ६९ पैसा बढेर २८ रुपैयाँ ३७ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २६.४४ गुणा र प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड २ लाख र अन्य इक्विटीमा ९६ करोड ४ लाख रुपैयाँ सञ्चित छ।

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।