Ipo.aspx merolagani - पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM Merolagani

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।

‘अर्थमन्त्रालयबाट लगानीकर्ताको जायज मागहरुलाई वैदेशिक लगानी सम्मेलन लगत्तै वार्तामा बसि पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको र हाल देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने हाम्रो पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका लागि स्थगित गरिएको जानकारी गराउँदछौ,’ उनले भने।

यदि लगानी सम्मेलन लगत्तै वार्तामा बसि समस्या समाधान गर्ने तर्फ अर्थमन्त्रालय अग्रसर हुँदैन भने फेरि पनि आन्दोलन जारी रहने उनको भनाइ छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।