Ipo.aspx merolagani - नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा कति?

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा कति?

May 12, 2024 07:18 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा २२.२१ प्रतिशत बढेर ६० करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९.१४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.२१ प्रतिशत र कुल खर्च ८.५९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ७५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६५ गुणा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब २९ करोड रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपैयाँ सञ्चित छ।

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।