Ipo.aspx merolagani - विगतका अध्ययनकाे निचाेडकाे आधारमा पुँजी बजार सुधारकाे नीति बनाउने उद्घाेष, अरु के के समेटियाे नीति तथा कार्यक्रममा (पूर्णपाठ)

विगतका अध्ययनकाे निचाेडकाे आधारमा पुँजी बजार सुधारकाे नीति बनाउने उद्घाेष, अरु के के समेटियाे नीति तथा कार्यक्रममा (पूर्णपाठ)

May 14, 2024 05:43 PM MeroLagani

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।


नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । राष्ट्रपति पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दै पूंजी बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने घोषणा गरेका छन् । त्यस्तै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा पनि गरेका छन् ।

C6#

५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ ।

 


comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।