Ipo.aspx merolagani - नीति र कार्यक्रममार्फत केही होला कि भन्ने आश गरेका लगानीकर्ताहरु यसकारण भए निराश

नीति र कार्यक्रममार्फत केही होला कि भन्ने आश गरेका लगानीकर्ताहरु यसकारण भए निराश

May 16, 2024 06:19 AM Merolagani

मंगलबार संसदमा राष्ट्रपतिले पाठ गरेको सरकारको नीति र कार्यक्रममा शेयर बजार प्रति केही ठोस प्रस्ताव आउने विश्वास थियो ।

तर, सरकारले यस अघि भएका अध्ययनहरुले दिएको सुझावलाई कार्यान्वयन गर्ने भन्ने काइते भाषा प्रयोग गरेर औपचारिकता पुरा गरेको जस्तो देखाउँदै यथार्थमा भने पूँजी बजार र त्यसका लगानीकर्तामाथि मजाक नै गर्यो । फलतः नीति र कार्यक्रममार्फत केही होला कि भन्ने आश गरेका लगानीकर्ताहरु निराश भए । आशैआसमा मंगलबार बढेको शेयर सूचकाँक विहीबार उल्टो दिशामा गयो ।

शेयर बजारमा दिनदिनै मात्र होइन, छिनछिनमै उतार चढाव आउँछ, कहिले अस्वभाविक घटेर ‘सर्किट ब्रेकर’ लाग्छ त कहिले बढेर ‘सर्किट ब्रेकर’ लाग्छ । यस्ता उतार चढाव शेयर बजारको लागि ‘नियमित आकस्मिकता’ बाहेक केही होइन, हुँदैन ।

तर, मंगलबार र बुधबारको नेप्से परिसूचकमा आएको उतार चढाव केवल ‘नियमित आकस्मिकता’ मात्र होइन, सरकारप्रतिको अविश्वासको प्रतिविम्ब हो । शेयर बजारप्रति सरकारी बेवास्तालाई देखाउने बिडम्बनापूर्ण सूचक हो ।

नेपालमा मात्र होइन, विश्वभर नै सरकारका मुख्य कार्यक्रमहरु घोषणा हुने समय र घोषणा भइसकेपछिको प्रतिकृयाको सबैभन्दा छिटो असर पूँजी बजारमा पर्छ । त्यसैको प्रतिफल हुनुपर्छ, हिजो केही होला कि भन्ने आशमा बढेको नेप्से परिसूचक नीति र कार्यक्रममा ‘सम्बोधन गरिएको छ’ भनेर फगत औपचारिकता निभाउने काम मात्र भएपछि लगानीकर्ताहरु निराश भएका छन् ।

औपचारिकता निभाउनको लागि भन्दा कार्यान्वयनमुखी भएर ठोस कार्यक्रम आउने अपेक्षालाई सरकारले पुरै उपेक्षा गरेको छ । नीति र कार्यक्रमलाई आधार बनाएर बजेट घोषणा गरिने हुँदा अब केही दिनपछि घोषणा गरिने बजेटमा सरकारले कुनै उल्लेख्य कदम चाल्ने छैन, केवल ‘गरेकै छ नि’ भन्ने पार्नको लागि र लगानीकर्ताहरुको लागि थामथुम पार्ने प्रयास गरिनेछ भन्ने स्पष्ट भएको छ ।

त्यसो त सरकारले लगानीकर्ता माथि घात गरेको यो नै पहिलो पटक होइन । तथ्य खोतल्ने हो भने सरकारले शेयर बजार र लगानीकर्तामाथि हरेक वर्ष पटक पटक मजाक गर्ने गरेको छ, उनीहरुलाई घात गर्ने गरेको छ ।

पहिलो त उस्ले पूँजी बजारको विकास र विस्तारको लागि ठोस कार्यक्रम नै ल्याउदैँन, कहिले काँही कुनै कार्यक्रम ल्याए पनि कार्यान्वयन नगरी अलपत्र पारिन्छ । यदि त्यस्तो हुँदैनथ्यो भने पूँजी बजारमा नेप्से स्थापनाको करिब ३ दशकमा सरकारले निकै काम गरिसक्ने थियो । तर, सरकार अहिले पनि पूँजी बजारलाई महत्व नै दिइरहेको छैन । त्यसैले अरु देशका पूँजी बजार वैकल्पिक लगानीको भरपर्दाे विकल्प बनिरहेको बेला नेपालको पूँजी बजार भने भरखर बामे सर्दैछ, जुन दूर्भाग्यपूर्ण छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।