Ipo.aspx merolagani - आइएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

आइएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

May 27, 2024 06:35 AM Merolagani

जेठ १४ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स (ILI) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४४८ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।