Ipo.aspx merolagani - पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गरिने, नेप्सेको संरचनागत सुधार गरिने

पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गरिने, नेप्सेको संरचनागत सुधार गरिने

May 28, 2024 05:04 PM Merolagani

बजेटले पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका छन् भने धितोपत्र बोर्ड र बीममा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने बताएका छन्।

यस्तै बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ।

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।