Ipo.aspx merolagani - क्रिकेटर सन्दिप लामिछानेकाे भिसा दाेस्राे पटक पनि रिजेक्ट

क्रिकेटर सन्दिप लामिछानेकाे भिसा दाेस्राे पटक पनि रिजेक्ट

May 30, 2024 04:53 PM Merolagani

अमेरिकी दूतावासले क्रिकेटर सन्दिप लामिछानेकाे भिसा पुनः रिजेक्ट गरेकाे छ। लामिछाने बिहीबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका थिए ।

उनले टी-२० विश्वकप क्रिकेट खेल्न भिसा एप्लाइ गरेपछि दुतावासले उनकाे आवेदन फेरि अस्वीकार गरेकाे हाे । यसअघि पनि उनकाे भिसा रिजेक्ट भएको हाे ।

बुधबार नेपाली क्रिकेट समर्थकहरुले लामिछानेलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट प्रदर्शन गरेका थिए । सरकारले अमेरिकासँग लामिछानेले भिसा पाउन पर्ने भन्दै कुटनीतिक नोट पठाएर  आग्रह गरेपनि भिसा रिजेक्ट गरिएकाे हाे ।

comments powered by Disqus

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

May 30, 2024 01:41 PM

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएकाे छ । सिराेहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हाे ।