Ipo.aspx merolagani - मोदीलाई अमेरिकाले यसाे भन्यो

मोदीलाई अमेरिकाले यसाे भन्यो

Jun 06, 2024 01:43 PM Merolagani

भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएपछि अमेरिकाले माेदीलाई साथ दिने कुरा दाेहाेर्याएकाे छ ।

बुधबार अमेरिकी विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा विभागका प्रवक्ता म्याथ्यु मिलरले भारतमा चुनावी नतिजाबारे सोधिएको प्रश्नमा भने, ‘प्रधानमन्त्री र उनको गठबन्धनले सरकार बनाउने, यी सबै जनताले रोज्ने कुरा हो । हामी भारतीय जनताको चाहनालाई सम्मान गर्छौँ ।’ बाइडेन प्रशासनले भनेको छ, ‘पहिला जसरी अहिले पनि हामी प्रधानमन्त्री मोदीसँग काम गरिरहने छौँ । भविष्यमा पनि हाम्रो प्राथमिकता यही हुनेछ ।'

comments powered by Disqus

भारतमा ७ कलाकारले चुनाव जितेर सांसद बने

Jun 05, 2024 11:33 AM

भारतीय लोकसभा चुनावमा यसपल्ट ७ कलाकार विजयी भएका छन् । लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौत, वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा, भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारी, वरिष्ठ कलाकार हेमा मालिनी लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।