Ipo.aspx merolagani - सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल, दोस्रो मिनेटमानै ४ प्रतिशत बढेपछि २० मिनेटको लागि कारोबार बन्द

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल, दोस्रो मिनेटमानै ४ प्रतिशत बढेपछि २० मिनेटको लागि कारोबार बन्द

Jul 02, 2024 11:02 AM Merolagani

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो।

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।

अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।

comments powered by Disqus

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना !

Jul 02, 2024 08:42 AM

नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा बन्ने सरकारमा अर्थमन्त्री विष्णु पौडेल हुने सम्भावना बढेको छ।