Ipo.aspx merolagani - दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

Jul 04, 2024 08:27 AM Merolagani

असार २० गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको। यस दिन नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

यस दिन नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको हो भने हिमालयन उर्जाले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेको हो। यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन नागरिक लगानी कोष (CIT) को १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य १ हजार ८७३ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यस्तै, यस दिन हिमालयन उर्जा (HURJA) को शतप्रतिशत हकप्रद शेयर समायोजन भएको छ। बुधबार २६९ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य समायोजपश्चात १८४ रुपैयाँ ५० पैसा कायम भएको छ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नागरिक लगानी कोषले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हिमालयन उर्जाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।