Ipo.aspx merolagani - अर्थमन्त्री पाैडेलले 'ग्रिन सिग्नल' दिएपछि राष्ट्र बैंकले भाेलि नै माैद्रिक नीति ल्याउने तयारी

अर्थमन्त्री पाैडेलले 'ग्रिन सिग्नल' दिएपछि राष्ट्र बैंकले भाेलि नै माैद्रिक नीति ल्याउने तयारी

Jul 18, 2024 12:12 PM Merolagani

अर्थतन्त्र चलायमान बनाउने गरी केहि लचिलो व्यवस्थासहित नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले उच्च व्यवस्थापन समितिमा आजै छलफल गरी शुक्रबार बेलुकासम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलसँग बुधबार गभर्नर महाप्रसाद अधिकारीको छलफल सकारात्मक भएपछि राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको हो। केन्द्रीय बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिमा छलफल गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बताएको छ।

राष्ट्र बैंकले यसपटक अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ। तथ्याँक समेत लचिलो नीति ल्याउन अनुकुल रहेको र अर्थमन्त्री पौडेलको गभर्नर महाप्रसाद अधिकारीसँगको सम्बन्ध सरकारात्मक रहेकोले मौद्रिक नीतिमा थप लचिलो बन्ने देखिएको हो। राष्ट्र बैंकले यसपटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ।

यस्तै घरजग्गा र शेयर बजारमा पनि केन्द्रीय बैंकले थप लचिलो बन्ने संकेत दिएकाे छ। शेयर धितो कर्जाको जोखिमभार घटाउने तयारी राष्ट्र बैंकको छ। यसैगरी बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको छ।

आगामी आर्थिैक वर्षमा कर्जा लगानी बढाउने गरी मौद्रिक नीति आउन लागेको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन्।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।