Ipo.aspx merolagani - प्रतिरोध क्षेत्र नजिक सामलिङ्ग पावर, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध क्षेत्र नजिक सामलिङ्ग पावर, हेरौँ कम्पनी विश्लेषण

Jul 20, 2024 06:09 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक ११.६० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २६७५.०१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३१०.२७ अंक बढेर २९८५.२८ विन्दुमा पुगेको छ।

यसै उपसमूहको कम्पनीहरुमध्ये एक हो सामलिङ्ग पावर कम्पनी (SPC)।

यस साता कम्पनीको शेयरमूल्य ८० रुपैयाँ ८० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ५७६ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ६१४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध क्षेत्र नजिक

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्र नजिक बन्द भएको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ६२५ दखि ६४० सम्म रहेको छ। आगामी दिन कम्पनीको शेयरमूल्य ओरालो लागेमा ५१५ देखि ५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले लामो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा गत असार १८ गते बाइ सिग्नल दिएको थियो। जुन हालसम्म कायम छ। एआईले सो दिन ५३० रुपैयाँमा कम्पनीको शेयर खरिद गर्ने सिग्नल दिएको थियो। हालसम्म होल्ड गरिराखेका लगानीकर्ताहरुले सो सिग्नलबाट १६ प्रतिशत नाफा कमाइसकेका छन्। यस अघि एआईले कम्पनीको शेयरमा ३ सिग्नल दिइसकेको छ जसमध्ये ३ वटै सिग्नलमार्फत लगानीकर्ताले नाफा कमाएका थिए।

बलियो भोल्युम

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा १३ हजार ८४६ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ६ हजार ६०८ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १०९.५४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाका साथै शून्य रेखाभन्दा माथि रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि यस साता सकारात्मक क्षेत्रमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले यस साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९९ लाख २१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ८५ लाख ९१ हजार रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी घटेको र वित्तीय खर्च बढेका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ५५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी २० करोड ५९ लाख रुपैयाँ थियो।

कम्पनीको वित्तीय खर्च १३ करोड २५ लाख रुपैयाँबाट बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ४१ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु १०८ रुपैयाँ ८४ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ५.६५ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा कम्पनीको ५० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ६१४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ७ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ७६६ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३०७ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ५६६ रुपैयाँ ३९ पैसा रहेको छ।

कम्पनीले इलाममा माइ बेनी जलविद्युत आयोजनामार्फत ९.५१ मेगावाट विद्युत उत्पादन गरी बिक्री गर्दै आइरहेको छ। कम्पनीले २०७८ असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियो।

ब्रोकर ३९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३९ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा ब्रोकर नम्बर ५८ रहेको छ। ३९ ले यस साता कम्पनीको ६ हजार ६४० कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ५२ लाख ५ हजार ६४६ कित्ता शेयर खरिद गरेको छ भने ४८ ले ४ हजार १८० कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ५८ ले भने कम्पनीको १६ हजार ७३४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य अझ बढ्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।