Ipo.aspx merolagani - प्रतिरोध क्षेत्रमा कालिञ्चोक दर्शन, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध क्षेत्रमा कालिञ्चोक दर्शन, हेरौँ कम्पनी विश्लेषण

Jul 27, 2024 06:12 PM Merolagani

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ७.८५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ६१४५.५१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४८२.५० अंक बढेर ६६२८.०१ विन्दुमा पुगेको छ।

यसै उपसमूहको कम्पनीहरुमध्ये एक हो कालिञ्चोक दर्शन लिमिटेड (KDL)।

यस साता कम्पनीको शेयरमूल्य ४ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन १ हजार २८६ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार २९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध क्षेत्रमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्रमा रहेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र १ हजार २८० दखि १ हजार ३२० सम्म रहेको छ। आगामी दिन कम्पनीको शेयरमूल्य ओरालो लागेमा १ हजार १०० देखि १ हजार १५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले लङ्ग लेग्ड डोजी मैनबत्ती बनाएको छ। यसले गत साता लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले ह्यामर मैनबत्ती बनाएको छ। यसले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्न सक्ने संकेत गर्दछ।

बलियो भोल्युम

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा ३२ हजार १९१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १९ हजार ६०१ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ६४.२३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाका साथै शून्य रेखाभन्दा माथि रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि यस साता सकारात्मक क्षेत्रमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले यस साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी २९.०२ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३०.४२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ६२.३८ प्रतिशत बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७.२५ प्रतिशत घटेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात प्राइस टु बुकभ्यालु रेशियो १२.७७ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा कम्पनीको ६० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता १ हजार २९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य १ हजार ३६५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ७१७ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ९४४ रुपैयाँ २६ पैसा रहेको छ।

ब्रोकर ५५ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५५ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सोही ब्रोकरले नै कम्पनीको शेयर सर्वाधिक बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १९ हजार ९ कित्ता शेयर खरिद गरेर ३३ हजार ४९१ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ७५ ले यस साता कम्पनीको १४ हजार ६० कित्ता शेयर बिक्री गरेर ११ हजार ५७६ कित्ता शेयर खरिद गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले एक्सट्रिम ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य अझ बढ्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।