Ipo.aspx merolagani - खुद नाफासँगै घट्यो सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा कति?

खुद नाफासँगै घट्यो सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा कति?

Aug 03, 2024 05:47 AM Merolagani

सिटिजन्स बैंक लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १९.३२ प्रतिशत र खुद नाफा करिब २८ प्रतिशत घटेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।

असार मसान्तसम्म ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।