Ipo.aspx merolagani - इम्पेरमेन्ट चार्ज घटेपछि लक्ष्मी लघुवित्तको नाफा धनात्मक

इम्पेरमेन्ट चार्ज घटेपछि लक्ष्मी लघुवित्तको नाफा धनात्मक

Aug 07, 2024 10:21 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा, गत आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो।

खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक भएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १३ करोड १८ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। गत एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी ८.१२ प्रतिशत बढेको छ भने कर्जा ९.१२ प्रतिशत बढेको छ।

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।