Ipo.aspx merolagani - शिवम् सिमेन्टको सञ्चालन आम्दानी सामान्य घट्यो, खुद नाफा कति?

शिवम् सिमेन्टको सञ्चालन आम्दानी सामान्य घट्यो, खुद नाफा कति?

Aug 11, 2024 08:43 AM Merolagani

शिवम् सिमेन्ट (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.५८ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५७.९३ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालन आम्दानी सामान्य घटेपनि अन्य आम्दानी घटेको र बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ।

५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।