Ipo.aspx merolagani - डली चायवाला भए फेरि भाइरल, ठेलामा चिया बेच्नेकाे बिल गेट्स ग्राहक, चढे प्राइभेट जेट

डली चायवाला भए फेरि भाइरल, ठेलामा चिया बेच्नेकाे बिल गेट्स ग्राहक, चढे प्राइभेट जेट

Aug 16, 2024 08:38 AM Merolagani

डली चायवाला यतिबेला फेरि चर्चामा छन् । रजनीकान्त स्टाइलमा चिया पकाउने र पस्किने उनको शैलिकै कारण उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए । नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने । विश्वकै धनाढ्य व्यवसायी बिल गेट्स उनकै स्टलमा गएर चिया पिएपछि उनकाे चर्चा चुलियाे । 

त्यसयता उनले फर्केर हेर्नुपरेकाे छैन । अहिले पनि उनी कुनै बलिउड सेलिब्रेटीभन्दा कम छैनन् । कहिले के त कहिले के गरेर उनी चर्चा बटुलि नै रहन्छन् । 

हालसालै उनी निजी विमान चढेकाे विषयले फेरि सामाजिक संजाल तातेकाे छ । ठेलामा चिया पकाएर बेच्ने एक साधारण व्यक्तिले सिंगाे विमान नै चार्टर्ड गरेकाे देख्दा अचम्म नपर्ने काे हाेलान् ? याे भिडियाे सामाजिक संजालमा भाइरल भयाे । भिडियाेकाे क्याप्सन छ, "प्राइभेट जेट"।

भिडियाेमा डली चायवाला हिराे शैलीमा विमानस्थलभित्र गइरहेका देखिन्छन् । काेट र कालाे सर्ट प्याण्टमा रहेका डलिले माेबाइल चलाउँदै छन् । उनले पहेँलाे चस्मापनि ढल्काएका छन् । टेकअफ गर्ने तयारी अवस्थामा रहेकाे विमानका पाइलटले डलीसँग हाथ मिलाउँछन् र डली पस्छन्  विमानभित्र । एअर कनेक्टकाे विमान सानाे छ, डली सिटमा बसेका छन् । विमानभित्र पाइलट र चालक दलका सदष्य भिडियाेमा देखाइन्छ । अनि आकाशमा बादलका टुक्रा पनि देख्न सकिन्छ । जहाज ल्याण्ड गर्छ अनि डली ओर्लिन्छन् । भिडियाे सकिन्छ । भिडियाे छाेटाे भएपनि यस भिडियाेले तहल्का मच्चिएकाे छ । हालसम्म याे भिडियाे करिब ५ कराेड जनाले हेरिसकेका छन् । 

 
 
 
View this post on Instagram
 
 
 

A post shared by Dolly Ki Tapri Nagpur (@dolly_ki_tapri_nagpur)

धेरैले यस भिडियाेलाई प्रेरणाका रूपमा लिएका छन् । निरन्तर मेहनत गरेमा जीवनमा सफलता पाउन सकिन्छ भन्ने कतिले उदाहरण दिँदै पाेष्ट गरे । कतिले भाग्यले साथ दिएमा जिन्दगी कायापलट हुने भन्दै टिप्पणी पनि गरे । सामाजिक संजालका कति प्रयाेगकर्तालाई डलि चायवालाकाे चार्टर्ड विमान यात्राले हाैसला दियाे त कतिलाई हाँस्ने बहाना । कैयाैंले उनकाे यस भिडियाेले शिक्षा पद्धतिमाथि नै प्रश्न उठाएकाे बताएका छन् ।

काे हुन् डली चायवाला ?

१७ वर्षदेखि चिया बेच्ने डलीको वास्तविक नाम सुनिल पाटिल हो । वास्तवमा उनकी पूर्व प्रेमिकाले उनलाई यही नामले बोलाउँथिन् तर अहिले उनी यही नामले चर्चित भएका छन् । बलिउड सेलिब्रेटीदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलेसम्म उनकाे चिया पिएका छन् । अनन्त अम्बानीको वैवाहिक समाराेहमा भारत आएका बिल गेट्सको टोलीले विशेष रूपमा डलीलाई हैदरावाद बोलाएर उनकाे र चियाकाे सुटिङ गरेको थियो ।

दक्षिण भारतीय चलचित्र र कलाकारहरूबाट प्रेरित भएर डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए । यति मात्र होइन, उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन् । आज उनको इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन् । उनको ठेलामा मानिसहरु चिया पिउन मात्र होइन फोटो खिच्न र अटोग्राफ लिन पनि लाइन लाउने गर्छन् ।

केहि समयअघि, उनी माल्दिभ्स भ्रमणका कारण चर्चामा थिए । माल्दिभ्स पुगेर पनि उनले चिया बनाएर भिडियाे राखेका थिए । विदेशीहरूलाई चिया पिलाउँदै उनले स्टाइल देखाएका थिए । त्यसअघि, ल्याम्बाेर्गिनी चढेकाे पनि उनी देखिएका थिए ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएकी स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा मृत्यु भएकी स्कुटर चालककी पहिचान खुलेकाे छ। बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।