Ipo.aspx merolagani - सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 24, 2024 06:33 AM Merolagani

यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता ३०००.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८८ प्रतिशत अर्थात २६.३५ अंक घटेर २९७४.४६ विन्दुमा झरेको छ।

 

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन बजार घटेको थियो भने दुई कारोबार दिन सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १.६५ अंक र फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा २५ अर्ब ५९ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा २२ अर्ब ३० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.३८ प्रतिशत अर्थात ३ अर्ब २८ करोड घटेको हो।

त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १७.३४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.०३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.८८ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४१ अर्ब घटेर ४७ खर्ब २४ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२९ प्रतिशत बढेको छ। गत साता ३८४८.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२६.७८ अंक बढेर ३९७५.४९ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १६७.३२ अंक बढेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशत घटेको छ। सो उपसमूहको परिसूचक यस साता २०६.०८ अंक घटेर ४०१०.०३ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३२८.६३ अंक घटेको छ।

यस साता नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४६ हजार ७२९.५५ कित्ता एफपीओ सूचीकृत भएको छ।

यस साता मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक २६.१४ प्रतिशत बढेको छ। त्यस्तै, यस साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे २२ प्रतिशत बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य २२ प्रतिशत बढेको छ। कारोबारमा आएको मातृभूमि लघुवित्तको शेयरमूल्य सर्वाधिक १२.९३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कर्पोरेट डेभलपमेन्ट बैंक, १० प्रतिशत प्राइम डिबेञ्चर २०८८, सनराइज ब्लुचिप फण्ड लगायतका स्टक मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बोटलर्स नेपाल (बालाजु) चन्द्रागिरी हिल्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

शेयर बजारलाई आफ्नो स्वभाविक लयमा चल्न नदिने यी खलपात्रहरु

Aug 23, 2024 06:20 AM

आनन्दकुमार भट्टराई

शेयर बजारलाई बिभिन्न तत्वहरुले असर गरिरहेको हुन्छ ।