Ipo.aspx merolagani - मोलुङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा

मोलुङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा

Sep 05, 2024 08:45 AM Merolagani

मोलुङ्ग हाइड्रोपावर कम्पनी (MHCL) ले असोज १८ गते, शुक्रबार, बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौँमा १४ औँ र १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले प्रबन्धपत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत दुई आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।