Ipo.aspx merolagani - लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा

Sep 06, 2024 10:56 AM Merolagani

माण्डु हाइड्रोपावर (MANDU) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले असोज १४ गते, नेपा बैंक्वेट, नयाँ बजार, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको नगद लाभांश प्रचलित कानून बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले चुक्ता पूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।