Ipo.aspx merolagani - भगवति हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भगवति हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 16, 2024 10:21 AM Merolagani

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BGWT) को लाभांश सुरक्षित गर्ने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ असोज २ गते बुकक्लोज गर्दैछ।

असोज १ गते इन्द्रजात्राको अवसरमा उपत्यका बिदा भएका कारण शेयर बजार बन्द हुनेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले असोज १६ गते, बुधबार, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।