Ipo.aspx merolagani - दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 22, 2024 06:46 AM Merolagani

असोज ६ गते, आइतबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलले भोली अर्थात असोज ७ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा ती कम्पनीहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (CHDC) ले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सो सभाले बोनस वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

ओरियन्टल होटल्स लिमिटेड (OHL) ले भने असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।