Ipo.aspx merolagani - सानिमा बैंकले घोषणा गर्यो लाभांश

सानिमा बैंकले घोषणा गर्यो लाभांश

Oct 09, 2024 10:17 AM Merolagani

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus